SHARE
मकालु खबर · मङगलबार ९ भौ २०८३ ०२:३५ PM · 1 मिनेट पढाइ

उच्च शिक्षा सुधारका लागि विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा मन्त्रालयको छलफल (तस्बिरहरु)

काठमाडौं। शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक तयार गर्ने क्रममा संघीय विश्वविद्यालयका उपकुलपतिसहित सरोकारवालासँग छलफल गरेको छ । सिंहदरबारस्थित मन्त्रालयमा मङ्गलवार भएको छलफलमा विश्वविद्यालयका ऐनमा गर्नुपर्ने संशोधन, विश्वविद्यालयको स्वायत्तता, सुशासन, शैक्षिक तथा प्रशासनिक सुधार र समसामयिक आवश्यकताअनुसार कानुनी व्यवस्था परिमार्जन गर्ने विषयमा सुझाव लिइएको हो ।