SHARE
कालिका खबर · मङगलबार ९ भौ २०८३ ०१:३६ PM · 1 मिनेट पढाइ

नाडा अटो शोमा हाइगरको प्रिमियम विद्युतीय कोच सार्वजनिक

काठमाडौं । नाडा अटो शोको पहिलो दिन मंगलबार हाइगरको भी सिरिज प्रिमियम विद्युतीय कोच सार्वजनिक गरिएको छ। नेपालका लागि हाइगर बस कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता शशीला मोटर्स प्रालिले नेपालमै पहिलोपटक ठूलो आकारको भी सिरिज प्रिमियम ईभी कोच सार्वजनिक गरेको हो। ३१ सिट क्षमताको उक्त बसमा २१६ किलोवाट आवर क्षमताको बीवाईडी ब्लेड ब्याट्री र २७५ किलोवाट क्षमताको मोटर प्रयोग गरिएको छ। कम्पनीका अनुसार बसले एकपटक पूर्ण चार्ज गर्दा ३५० किलोमिटरसम्म यात्रा गर्न सक्छ। बसमा २७० मिलिमिटरको ग्राउण्ड क्लियरेन्स रहेको छ।