नेपालमा सार्वजनिक भयो स्काईवेल बीई ११, नाडा अफरमा ४६.९९ लाखदेखि
काठमाडौं । लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड स्काईवेलको बीई ११ नेपालमा सार्वजनिक भएको छ। एलआरआर मोटर्सले मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२६ को अवसर पारेर बीई ११ का विभिन्न भेरियन्ट औपचारिक रूपमा सार्वजनिक गरेको हो। कम्पनीले बीई ११ लाई ४१० किलोमिटर र ५२० किलोमिटर रेन्ज दिने गरी विभिन्न भेरियन्टमा उपलब्ध गराएको छ। नियमित मूल्यअनुसार ४१० किलोमिटर रेन्ज दिने इन्ट्री भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ, कम्फर्टको ५५ लाख ९९ हजार रुपैयाँ र लक्जरी भेरियन्टको ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
