प्रतिनिधि सभा बैठक स्थगित, भोलि दिउँसो १ बजे बस्ने
काठमाडौं । प्रतिनिधि सभाको आज (मंगलबार)का लागि तय गरिएको बैठक स्थगित भएको छ । संसद् सचिवालयले जारी गरेको सूचना अनुसार, आज दिउँसो १ बजे बस्नेगरी निर्धारण भएको बैठक स्थगित गरिएको हो । सभामुख डोलप्रसाद अर्यालले बैठक भोलि बुधबार दिउँसो १ बजे बस्नेगरी निर्धारण गरेको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ ।
