SHARE
कालिका खबर · मङगलबार ९ भौ २०८३ ०३:५२ AM · 1 मिनेट पढाइ

राप्रपा सांसद पदमुक्त भएको प्रचार नगर्न ज्ञानेन्द्र शाहीको आग्रह

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बागमती प्रदेशका सांसद पदमुक्त भइसकेको भनेर प्रचार नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। शाहीले बागमती प्रदेशका सांसदलाई कारबाही गर्न पार्टीले प्रदेशसभा सचिवालयमा निवेदन मात्र दिएको भन्दै निवेदन बुझाउँदैमा सांसद पदमुक्त नहुने स्पष्ट पारेका हुन्। ‘राप्रपाका सम्पूर्ण नेता तथा कार्यकर्ताज्यूहरूलाई मेरो अपिल। बागमती प्रदेशका सांसद पद्मुक्त हुनुभएको छैन,’ उनले सामाजिक सञ्जालमा लेख्दै भने, ‘उहाँमाथि कारबाहीका लागि पार्टीले बागमती प्रदेशसभा सचिवालयमा निवेदन मात्र बुझाएको हो।