छोटु थापाद्वारा प्रवासी नेपाली मञ्च साउदीको अध्यक्षमा उम्मेदवारी घोषणा
रियाद । प्रवासी नेपाली मञ्च साउदी अरबको आगामी राष्ट्रिय अधिवेशन नजिकिएसँगै नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ। यसै क्रममा मञ्चका वर्तमान उपाध्यक्ष तथा संस्थापक कोषाध्यक्ष छोटु थापाले राष्ट्रिय समितिको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। आगामी २८ अगस्ट २०२६ मा हुने राष्ट्रिय अधिवेशनलाई लक्षित गर्दै थापाले आफ्नो लामो राजनीतिक तथा सामाजिक पृष्ठभूमि, संगठन निर्माणको अनुभव र प्रवासी नेपालीको हकहितमा गरेको योगदानलाई आधार बनाउँदै अध्यक्ष पदमा उम्मेदवारी दिने इच्छा सार्वजनिक गरेका हुन्। थापाका अनुसार उनको राजनीतिक यात्रा वि.सं. २०३६/३७ सालको पञ्चायती व्यवस्थाविरुद्धको भूमिगत राजनीतिक कालदेखि नै सुरु भएको हो।
