SHARE
कालिका खबर · सोमबार ८ भौ २०८३ ०३:५६ PM · 1 मिनेट पढाइ

मुक्तिनाथ विकास बैंक र सिप्रदी ट्रेडिङबीच टाटा सवारीसाधनमा वित्तीय सहकार्य

काठमाडौं । राष्ट्रियस्तरको विकास बैंक मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपालमा टाटा मोटर्सका सवारीसाधनको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.बीच टाटा ब्रान्डका पिकअप तथा साना व्यावसायिक सवारीसाधन (एससीभी) खरिद गर्न चाहने ग्राहकलाई सहज वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। समझदारीअनुसार सिप्रदीका देशभर रहेका शाखामार्फत टाटा पिकअप तथा साना व्यावसायिक सवारीसाधन खरिद गर्ने ग्राहकले मुक्तिनाथ विकास बैंकबाट सवारी कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्। सिप्रदीले आवश्यक कागजातसहित सम्भावित ग्राहकलाई कर्जा प्रक्रियाका लागि बैंकमा सिफारिस गर्नेछ भने बैंकले आफ्नो कर्जा नीति तथा ग्राहकको क्रेडिट मूल्यांकनका आधारमा कर्जा स्वीकृत गर्नेछ।