SHARE
काठमाण्डुपाटी · सोमबार ८ भौ २०८३ ०३:११ PM · 1 मिनेट पढाइ

बागमती प्रदेश सभामा राप्रपाका ३ सांसद पदमुक्त

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रको निर्देशनविपरीत बागमती प्रदेश सरकारमा सहभागी भएका ३ सांसदलाई सोमबार पदमुक्त गरिएको छ । पार्टीको पटक–पटकको निर्देशन अवज्ञा गरेको, पार्टीको ह्विप उल्लंघन गरेको तथा केन्द्रीय कार्यसम्पादन समितिको निर्णयविपरीत बागमती प्रदेश सरकारमा सहभागी भएको भन्दै प्रदेशसभा सदस्यहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई पदमुक्त गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी