खाद्य विभागको अनुगमन : दुई बेकरी तथा खाद्य व्यवसायमा कैफियत, म्याद गुज्रिएका सामग्री नष्ट
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्राप्त गुनासोका आधारमा काठमाडौंका दुई खाद्य व्यवसायमा आकस्मिक बजार अनुगमन तथा निरीक्षण गरेको छ। विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम भदौ ३ गते अनुगमन गरेको हो। विभागका अनुसार काठमाडौं–३ पानीपोखरीस्थित आई.एफ.सी.एच. किचन प्रा. लि. मा ढुसी परेको डुनट बिक्री गरिएको भन्ने गुनासोका आधारमा निरीक्षण गरिएको थियो। निरीक्षणका क्रममा भान्साको सरसफाइ तथा फोहोरमैला व्यवस्थापन सन्तोषजनक नदेखिएको र कीट नियन्त्रणको व्यवस्था प्रभावकारी नभएको पाइएको छ। तर, डुनट फ्राई गर्न प्रयोग गरिएको तेलको टीपीएम (TPM) ११.५ प्रतिशत रहेको र मापदण्डअनुकूल पाइएको विभागले जनाएको छ।
