भौतिक पूर्वाधार मन्त्रालयका बहुवर्षीय ठेक्काको अवस्था अध्ययन गर्न समिति गठन
धनगढी – सुदूरपश्चिम प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाट ‘सरल’ले मन्त्रालयअन्तर्गत सञ्चालित बहुवर्षीय ठेक्काको अवस्था अध्ययन गर्न समिति गठन गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै मन्त्री भाटले ३ वटा निर्णयमा हस्ताक्षर गरेका हुन् ।
