कैलाली बस दुर्घटना प्रकरण : दोषीमाथि कडा कारबाही गर्न सांसद महरको माग
काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महरले कैलालीमा सार्वजनिक यातायातको गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको घटनामा दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महरले शनिबार साँझ करिब ४ः४५ बजे कैलालीको गोदावरी नगरपालिका–२ नजिकै महाकाली यातायातको गाडीले बझाङको मष्ट गाउँपालिका–६ की सिङ्की बोहरालाई ठक्कर दिएको बताए ।
