स्कुल बसले अटोलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन जना घाइते
उदयपुर । उदयपुरको बेलका नगरपालिका–५ जहडामा स्कुल बसले अटोलाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बेलका नगरपालिका–५ की अन्दाजी ३४ वर्षीया मन्दिरा मगर र नामथर, उमेर तथा ठेगाना नखुलेकी एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
