एमालेका बादल र रास्वपाकी इन्दिराले बोलेका शब्दहरू रेकर्डबाट हटाउन सभामुखको निर्देशन
काठमाण्डु – प्रतिनिधिसभा सभामुख डोलप्रसाद अर्यालले २ सांसदले संसद् बैठकमा बोलेका शब्दहरू रेकर्डबाट हटाउन निर्देशन दिएका छन् । सभामुख अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ र रास्वपाकी सांसद इन्दिरा रानामगरले बोलेका असंसदीय र अर्मयादित शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् ।
