SHARE
मकालु खबर · सोमबार ८ भौ २०८३ ११:४९ AM · 1 मिनेट पढाइ

नेपालद्वारा होबार्ट हुरिकेन्सलाई १५५ रनको लक्ष्य

काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज भएको खेलमा नेपाल ‘ए’ टोलीले होबार्ट हुरिकेन्स एकेडेमीलाई जितका लागि १५५ रनको लक्ष्य दिएको छ । अस्ट्रेलियाको डार्विनस्थित मारारा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १५४ रनको योगफल बनाएको हो ।