SHARE
कालिका खबर · सोमबार ८ भौ २०८३ १०:३९ AM · 1 मिनेट पढाइ

अपराधीहरू कानुनलाई गोजीमा बोकेर हिँडिरहेका छन् : हर्कराज राई

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (हर्क साम्पाङ) ले नेपालको कानुनी व्यवस्था र त्यसको कार्यान्वयन गर्ने संयन्त्रको लाचारीप्रति प्रहार गरेका छन् । सोमबारको प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै सांसद राईले अपराधीहरूले कानुनलाई गोजीमा बोकेर हिँड्ने गरेको टिप्पणी गरे ।