छोरी बचाउ राष्ट्रिय जागरण अभियान सुरु गरौँ : नेकपा
काठमाडौँ : प्रतिपक्षी दल नेकपाले छोरी बचाउ राष्ट्रिय जागरण अभियान सुरु गर्न सरकारलाई आग्रह गरेको छ। प्रतिनिधिसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले यसबारे सरकारको ध्यानाकर्षण गराएका हुन्। बाराकी बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विषलाई जोड्दै उनले भने, ‘कोपिलामै खोसिएका हृदयविदारक घटनाप्रति दलको दर्फबाट दु:ख व्यक्त गर्दछु। छोरी बचाउ राष्ट्रिय जागरण अभियान सुरु गरौँ म आह्वान गर्दछु।’ त्यस्तै उर्नले प्रधानमन्त्री बालेन शाहले भीभीआईपी प्रोटोकल ख्याल नगरेको भन्दै आपत्ति जनाए। हालै कास्की तथा मुस्ताङ भ्रमणमा गएका प्रधानमन्त्री विषयलाई इंगित गर्दै उनले यसबारे आपत्ति जनाएका हुन्।
