सरकारले स्वच्छ खानेपानी पिउन पाउने नागरिकको नैसर्गिक अधिकारमाथि हनन गर्योः नेकपा
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले सरकारले स्वच्छ खानेपानी पिउन पाउनुपर्ने नागरिकको नैसर्गिक अधिकार हनन गरिरहेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले सरकारले खानेपानीमाथि व्यवसाय गरिरहेको आरोप पनि लगाए ।
