किस्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया सम्पन्न
ललितपुर । किस्ट टिचिङ हस्पिटल र भारतको मेदान्ता गुरुग्रामको सहकार्यमा सञ्चालित किस्ट–मेदान्ता क्लिनिको–सर्जिकल एक्सिलेन्स कोलाबोरेसन अन्तर्गत बाल शल्यचिकित्सा तथा बाल युरोलोजीसम्बन्धी विशेष शैक्षिक तथा चिकित्सकीय अन्तरक्रिया सम्पन्न भएको छ। २०८३ साल भदौ ७ गते सम्पन्न कार्यक्रममा बालबालिकामा देखिने जटिल शल्यसम्बन्धी तथा युरोलोजिकल समस्या, आधुनिक उपचार पद्धति, उपचारका क्रममा अपनाउनुपर्ने दृष्टिकोण तथा जटिल अवस्थाको व्यवस्थापनबारे चिकित्सकहरूबीच ज्ञान र अनुभव आदानप्रदान गरिएको थियो। कार्यक्रममा भारतको मेदान्ता, गुरुग्रामबाट बाल शल्यचिकित्सक तथा बाल युरोलोजिस्ट डा. सन्दीपकुमार सिन्हाको विशेष सहभागिता रहेको थियो। उहाँले बाल शल्यचिकित्सा तथा बाल युरोलोजीका विभिन्न जटिल विषयमा विशेषज्ञ प्रस्तुति दिनुभएको थियो।
