रास्वपा सांसदद्वारा बालेनको भ्रमणले मुस्ताङलाई विश्वभर चिनाएको भन्दै प्रशंसा
काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद पारसमणि गेलालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मुस्ताङ भ्रमणको प्रशंसा गर्दै भ्रमणले मुस्ताङलाई विश्वभर चिनाउन योगदान पुगेको दाबी गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जनताको चाहनाअनुसार प्रधानमन्त्रीले ४÷५ वटा सवारीसाधनसहित साधारण रुपमा मुस्ताङ पुगेको बताए ।
