SHARE
मकालु खबर · सोमबार ८ भौ २०८३ ०७:१३ AM · 1 मिनेट पढाइ

कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आज विश्वासको मत लिँदै छन् । उनले प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची रहेको कोशी प्रदेशसभा सचिवालयका सचिव सुदर्शन खड्काले जानकारी दिए । उनका अनुसार नेपालको संविधान बमोजिम मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् ।