एशियाबाट युरोपसम्मको पौडीः ३८ औँ बोस्फोरस अन्तरमहाद्वीपीय प्रतियोगिता सम्पन्न
एजेन्सी । टर्कीको इस्तानबुलस्थित बोस्फोरस जलक्षेत्रमा आईतवार ३८ औँ बोस्फोरस अन्तरमहाद्वीपीय पौडी प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ । दुई महादेशलाई जोड्ने यस ऐतिहासिक प्रतिष्पर्धामा ६० भन्दा बढी देशका २ हजार भन्दा बढी पौडीबाजहरूले सहभागिता जनाएका थिए ।
