SHARE
Kalo Pati · सोमबार ८ भौ २०८३ ०४:२६ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीको मुस्ताङ भ्रमणले पर्यटन र पूर्वाधार विकासमा नयाँ आशा

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमणले त्यहाँका स्थानीयवासी तथा पर्यटन व्यवसायी उत्साहित भएका छन् । प्रधानमन्त्री शाहको भ्रमणसँगै मुस्ताङको पर्यटन, धार्मिक क्षेत्र र सडक पूर्वाधार विकासले थप प्राथमिकता पाउने अपेक्षा गरिएको छ । यसअघि तत्कालीन प्रधानमन्त्री सुशीला कार्की पनि मुस्ताङ पुग्नुभएको थियो ।