रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्दै रायो र मूलाखेती प्रवर्द्धनमा जोड दिएको छ । गाउँपालिकाले उन्नत जातको रायो र मूलाको बीउ वितरण गर्ने तयारीसँगै किसानले उत्पादन गरेका कृषि उपजको बजार सुनिश्चित गर्न खरिद पूर्वसम्झौता गरेको हो ।
