आज पाँच संसदीय समितिको बैठक बस्दै, विभिन्न विषयमा छलफल हुने
काठमाडौं । संघीय संसद् अन्तर्गतका विभिन्न पाँचवटा संसदीय समितिको बैठक आज बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।
