SHARE
कालिका खबर · आइबार​ ७ भौ २०८३ ०३:५३ PM · 1 मिनेट पढाइ

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको चियरम्यान क्लब तथा सिईओ क्लब एचिभर्स अवार्ड सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले अभिकर्ताहरूको उच्च तहका चियरम्यान क्लब तथा सिईओ क्लब एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ। पर्यटकीय सहर पोखरामा भदौ ४ देखि ७ गतेसम्म चार दिन सञ्चालन भएको कार्यक्रम ज्ञान, सम्मान, उल्लास र उत्सवले भरिपूर्ण रूपमा भव्यताका साथ सम्पन्न भएको हो। कार्यक्रममा देशभरबाट कम्पनीका सञ्चालक समिति सदस्य, व्यवस्थापक तथा अभिकर्तासहित करिब २०० जनाको सहभागिता रहेको थियो।