SHARE
मकालु खबर · आइबार​ ७ भौ २०८३ १०:११ AM · 1 मिनेट पढाइ

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’मा छः आईजीपी कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी सङ्गठनको ‘इन्स्टिच्युसनल मेमोरी’ मा रहेकाले त्यस्ता घटनामा संलग्न अपराधीलाई जुनसुकै बेला पनि कारबाहीको दायरामा ल्याइने बताएका छन् । उनले दशकौँपछि पनि त्यस्ता घटनामा संलग्नलाई पक्राउ गरी कानुनी कारबाही गर्दै आएको स्पष्ट पारे ।