SHARE
मकालु खबर · आइबार​ ७ भौ २०८३ ०८:३० AM · 1 मिनेट पढाइ

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ । कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका लक्ष्मीमार्गका युवाले अहिले आफ्नै गाउँमा व्यावसायिक सफलता पाइरहेका छन् । वैदेशिक रोजगारीको लोभलाग्दो कमाइ छाडेर स्वदेश फर्किएका उनीहरूले सुरु गरेको राँगाको सुकुटी व्यवसायले अहिले लक्ष्मीमार्गको पहिचान नै बदलेर ‘सुकुटी बजार’ बनाइदिएको छ ।