SHARE
मकालु खबर · आइबार​ ७ भौ २०८३ ०७:३२ AM · 1 मिनेट पढाइ

खोलामा डुबेर एक व्यक्तिको मृत्यु

पर्सा । खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । विन्दवासिनी गाउँपालिका–२ ढोङ्गही खोलामा भैँसी चराउन गएको अवस्थामा बहुदरमाई नगरपालिका–१ निवासी अन्दाजी ६० वर्षीय ब्रह्मदेव राउत अहिरको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।