SHARE
Kalo Pati · आइबार​ ७ भौ २०८३ ०५:३० AM · 1 मिनेट पढाइ

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६४१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६४१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८०, सिसिटिभिमार्फत ७७, रातोबत्तीमा २८ जना चालकलाई कारबाही गरिएको छ ।