बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँड मिति तय
बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँड मिति तय भएको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटलले असोज २ गते बिहीबार बिहान ९:३० बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको हो। कम्पनीले भदौ १६ गतेदेखि भदौ १९ गतेसम्म आम सर्वसाधारणलाई १७ लाख १ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो।
