पहिरोले बेनी-जोमसोम र चामे-बेँसीसहर सडक अवरुद्ध
काठमाडौं । पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–२, बैसरीस्थित बेनी–जोमसोम सडकखण्डमा शनिबार (भदौ ६) बिहान करिब ५ः३० बजे लेदोसहितको पहिरो खसेपछि बाटो अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
