SHARE
लोक पथ · शनिबार ६ भौ २०८३ ०४:३४ AM · 1 मिनेट पढाइ

होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट युवकको मृत्यु, ६ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय वसन्त कालाथोकी रहेका छन् ।