SHARE
कालिका खबर · मङगलबार ३१ भौ २०८२ ०५:०९ PM · 1 मिनेट पढाइ

काठमाडौं–७ का युवा नेता किरण केसीको प्रतिबद्धता : “सहिदको बलिदान व्यर्थ हुन दिनेछैनौं”

काठमाडौं। काठमाडौं–७ का एक युवा नेताले हालै सम्पन्न GenZ आन्दोलनका क्रममा देखिएको जनआन्दोलनलाई ऐतिहासिक मोडको रूपमा व्याख्या गर्दै काठमाडौं–७ वासीलाइ आभार प्रकट गरेका छन्। उनीहरूले अघिल्लो निर्वाचनमा मतदाताले दिएको विश्वासलाई स्मरण गर्दै भने, “तपाईंहरू मेरो परिवार हुनुहुन्छ। प्राप्त विश्वास केवल सम्मान मात्र होइन, गहिरो जिम्मेवारी पनि हो।” GenZ आन्दोलनमा उपस्थिती किरण केसीका अनुसार यही जिम्मेवारीले उनलाई हालैको GenZ आन्दोलनमा प्रत्यक्ष सहभागी हुन बाध्य बनाएको हो। उनले आन्दोलनलाई “हाम्रो पुस्ताको सपना, न्यायप्रतिको आस्था र उज्ज्वल भविष्यको खोजको प्रतिविम्ब” का रूपमा वर्णन गरे। सहिदप्रति श्रद्धाञ्जली आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्झनामा पशुपतिमा गरिएको अन्त्येष्टि कार्यक्रमलाई उम्मेदवारले “केवल अन्त्येष्टि मात्र नभई सामूहिक पीडा, आक्रोश र परिवर्तनको शपथ” भएको बताए।