‘राइडरको उचित आम्दानी सुनिश्चित गर्न तयार छौँ’ :पठाओ
काठमाडौं । राइड सेयरिङका राइडरहरूले उचित भाडादर र प्रतिकिलोमिटर आम्दानी सुनिश्चित गर्नुपर्ने माग उठाइरहेका बेला पठाओ नेपालले राइडरको उचित आम्दानीको मागप्रति आफू सकारात्मक रहेको जनाएको छ । पठाओ नेपालका प्रबन्ध निर्देशक यशु थकालीले राइडरले आफ्नो श्रम, समय, लगानी र जोखिमको उचित मूल्य पाउनुपर्ने बताएका छन् ।
