SHARE
लोक पथ · शुक्रबार​ ५ भौ २०८३ ०८:०७ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेन पोखरा भ्रमणमा, अस्तामको ‘इको भिलेज’मा बस्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह शुक्रबार पोखरा भ्रमणमा गएका छन् । भ्रमणका क्रममा प्रधानमन्त्री साह माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित ‘इको भिलेज’ रिसोर्टमा बस्ने कार्यक्रम तय भएको छ । पोखरा बजारबाट करिब साढे ४ किलोमिटरको दूरीमा रहेको उक्त रिसोर्टबाट माछापुच्छ्रे तथा अन्नपूर्ण हिमशृङ्खलाको प्रत्यक्ष दृश्यावलोकन गर्न सकिन्छ ।