SHARE
कालिका खबर · शुक्रबार​ ५ भौ २०८३ ०७:१२ AM · 1 मिनेट पढाइ

संसदीय सुनुवाइ समितिमा सेना र सुरक्षासँग जोडिएको उजुरी

काठमाडौँ : संसदीय सुनुवाइ समितिमा सेना र सुरक्षासँग जोडिएको गम्भीर प्रकृतिको उजुरी परेको जनाइएको छ। शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले सुरक्षासँग सम्बन्धित परेको उजुरीलाई आवश्यक कारबाहीका लागि सचिवालयमार्फत सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय भएको छ। बैठकपछि निर्णयहरू सार्वजनिक गर्दै समितिका सभापति वोधनारायण श्रेष्ठले सेना र सुरक्षासँग जोडिएको गम्भीर प्रकृतिको उजुरी प्राप्त भएको जानकारी दिए। त्यस उजुरीको विषय रक्षा वा गृह कुन मन्त्रालयसँग बढी सम्बन्धित छ भन्ने विषयमा विस्तृत अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउन समितिको सचिवालयलाई जिम्मेवारी दिएको छ।