SHARE
Kalo Pati · शुक्रबार​ ५ भौ २०८३ ०५:२८ AM · 1 मिनेट पढाइ

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा लगातार सुनचाँदीको मूल्य उकालो लाग्न थालेको छ । बिहीबार ९ हजार ३०० रुपैयाँले बढेको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ३ हजार ३०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै शुक्रबार सुनको मूल्य ३ लाख १६ हजार ७०० रुपैयाँ पुगेको छ ।