SHARE
कालिका खबर · शुक्रबार​ ५ भौ २०८३ ०४:४३ AM · 1 मिनेट पढाइ

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की नियुक्त

काठमाडौं । नेपाल सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्कीलाई नियुक्त गरेको छ। २०८३ भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा (१) बमोजिम उदयपुरका स्थायी बासिन्दा कार्कीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश प्राप्त कार्की यसअघि पनि नागरिक लगानी कोषको कार्यकारी निर्देशक भइसकेका छन्। उनी २०८० माघ ३ गते खुला प्रतिस्पर्धाबाट कोषको कार्यकारी निर्देशकमा छनोट भएका थिए।