बैंकिङ प्रणालीबाट ८५ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक, अधिक तरलता व्यवस्थापन गर्ने तयारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त पैसा (तरलता) व्यवस्थापन गर्न आज ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले १७५ दिनका लागि निक्षेप संकलन उपकरण जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट ८५ अर्ब रुपैयाँ खिच्न लागेको हो ।
