SHARE
कालिका खबर · बिहीबार ४ भौ २०८३ ०३:३१ PM · 1 मिनेट पढाइ

टाटा सिएरा ईभी नेपाल आइपुग्यो, नाडा अटो शोमा मुख्य आकर्षण बन्ने

काठमाडौँ। टाटा मोटर्सको बहुप्रतीक्षित विद्युतीय एसयूभी सिएरा ईभी नेपाल आइपुगेको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आगामी नाडा अटो शोलाई लक्षित गर्दै सिएरा ईभी नेपाल भित्र्याएको हो। आकर्षक डिजाइन, लामो रेन्ज, दमदार प्रदर्शन र आधुनिक प्रविधिका कारण सिएरा ईभी नाडा अटो शोका प्रमुख आकर्षणमध्ये एक बन्ने अपेक्षा गरिएको छ। नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक हुनुअघि नै सिएरा ईभीले नाडा अटो शोमा चर्चा बटुल्ने तयारी गरेको छ। भारतमा गत जुन ३० मा सार्वजनिक गरिएको सिएरा ईभी टाटाको नयाँ पुस्ताको विद्युतीय एसयूभी हो।