SHARE
कालिका खबर · बिहीबार ४ भौ २०८३ ०३:५० PM · 1 मिनेट पढाइ

एनएमबि बैंकको अनलाइन कर्जा सेवा सञ्चालन, घरबाटै आवेदन र ट्र्याकिङ गर्न सकिने

काठमाडौं । एनएमबि बैंकले आफ्नो डिजिटल रूपान्तरणअन्तर्गत अनलाइन कर्जा आवेदन तथा ट्र्याकिङ प्रणाली सञ्चालनमा ल्याएको छ। नयाँ व्यवस्थासँगै ग्राहकले कर्जाका लागि आवेदन दिन तथा आवेदनको अवस्था बुझ्न पटक–पटक बैंकको शाखा धाउनुपर्ने झन्झट कम हुने भएको छ। बैंकका अनुसार नयाँ डिजिटल पोर्टलमार्फत ग्राहकले जुनसुकै स्थान र उपकरणबाट कर्जाका लागि आवेदन दिन सक्नेछन्। साथै, आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी रियल–टाइममा अनलाइनबाटै ट्र्याक गर्न सकिनेछ। कसरी दिने अनलाइन कर्जा आवेदन ? अनलाइन कर्जाका लागि ग्राहकले एनएमबि बैंकको मा गएर ‘लोन सर्भिसेज’ छनोट गर्नुपर्नेछ।