सुभ अधिकारी ट्राभलल्सको लक्जरी बस सेवा शुभारम्भ, ६ करोडभन्दा बढी लगानीमा बस सञ्चालन
काठमाडौं । सुभ अधिकारी ट्राभलल्स प्रा. लिले ६ करोड रुपैयाँभन्दा बढी लगानीमा लक्जरी बस सेवा सञ्चालनमा ल्याएको छ। काठमाडौंमा आयोजित विशेष कार्यक्रमबीच कम्पनीले आफ्नो लक्जरी बस सेवाको शुभारम्भ गरेको हो। कार्यक्रमको अध्यक्षता सुभ अधिकारी ट्राभलल्स प्रा. लिका अध्यक्ष टिकाराम अधिकारीले गरेका थिए। कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका निवर्तमान अध्यक्ष बिजय बहादुर स्वार प्रमुख अतिथिका रूपमा सहभागी थिए। महासंघका वरिष्ठ उपाध्यक्ष भरत तिमिल्सिना तथा जगदम्बा ट्राभल्सका अध्यक्ष केशव अधिकारी अतिथिका रूपमा उपस्थित थिए। सुभ अधिकारी ट्राभलल्स प्रा. लिको स्थापना २०५५ सालमा भएको हो।
