राप्रपाले उद्धव थापालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकाल्यो
काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । पार्टीको निर्णय र निर्देशनविपरीत एमालेका किरण थापा मगरलाई बागमती प्रदेशको मुख्यमन्त्रीमा समर्थन गरेपछि राप्रपाले थापामाथि कारबाही गरेको हो ।
