SHARE
लोक पथ · बिहीबार ४ भौ २०८३ ०८:४७ AM · 1 मिनेट पढाइ

हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न कुमारी बैंक-हेल्भेटासबीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र हेल्भेटास स्विस इन्टरकोअपरेसन नेपाल (हेल्भेटास नेपाल) बीच हरित उद्यमको विकास र वित्तीय पहुँच विस्तारका लागि समझदारी भएको छ । समझदारीपत्रमा कुमारी बैंकका प्रमुख मार्केटिङ तथा लगानी अधिकृत चन्दन कार्की र हेल्भेटास नेपालका कन्ट्री डाइरेक्टर मनीष प्रधानले हस्ताक्षर गरेका हुन् ।