नामी भिगो ई–२ नेपालमा लन्च, नाडा अटो शोमा ३५.९९ लाखमै ‘फुल एसयूभी’
काठमाडौं । डोङफेङ नामीको नेपालस्थित आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि मोटर्सले नयाँ विद्युतीय एसयूभी नामी भिगो ई–२ नेपाली बजारमा बिक्री सुरु गरेको छ। कम्पनीले यसलाई कम्प्याक्ट कारभन्दा माथि र पारिवारिक प्रयोगका लागि उपयुक्त ‘फुल एसयूभी’का रूपमा प्रस्तुत गरेको छ। एमएडब्लू वृद्धि ग्रुपका अध्यक्ष विष्णु अग्रवालका अनुसार सरकारले नयाँ बजेटमार्फत ड्युटी संरचनामा गरेको परिवर्तनको लाभ ग्राहकलाई दिने उद्देश्यले गाडीको विशेष मूल्य निर्धारण गरिएको हो। नाडा अटो शो लक्षित गर्दै कम्पनीले भिगो ई–२ को सुरुवाती मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकेको छ। अटो शोपछि यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम हुनेछ।
