काठमाडौंमा खाद्य व्यवसायको संयुक्त अनुगमन, एक होस्टेल बन्ददेखि ३०.५ किलो खाद्य पदार्थ नष्टसम्म
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंमा गरेको संयुक्त तथा आकस्मिक बजार अनुगमनका क्रममा खाद्य स्वच्छता र व्यवसाय सञ्चालनसम्बन्धी विभिन्न कैफियत फेला पारेको छ। अनुगमनका क्रममा एक होस्टेललाई बन्द गरिएको छ भने चार वटा खाजा घरबाट कृत्रिम खाद्य रंग प्रयोग गरिएका तथा अन्य कैफियतयुक्त खाद्य पदार्थ नष्ट गरिएको विभागले जनाएको छ। विभागका अनुसार २०८३ भदौ २ गते जिल्ला प्रशासन कार्यालय काठमाडौं र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसहितको संयुक्त टोलीले काठमाडौं महानगरपालिका–३२, बालकुमारीस्थित न्यु फ्यामिली गर्ल्स होस्टेलको निरीक्षण गरेको थियो।
