SHARE
लोक पथ · बिहीबार ४ भौ २०८३ ०८:०७ AM · 1 मिनेट पढाइ

भदौ लागेसँगै फेरि बढ्यो अन्डाको मूल्य, प्रतिक्रेट कति पुग्यो ?

काठमाडौं । भदौ महिना लागेसँगै अन्डाको मूल्य फेरि बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले बिहीबारदेखि लागू हुने गरी अन्डाको नयाँ फार्म समर्थन मूल्य सार्वजनिक गरेको हो । चितवनलाई आधार मानेर निर्धारण गरिएको नयाँ मूल्यअनुसार सबै प्रकारका अन्डाको भाउ बढेको छ ।