सुनको भाउ बिहीबार एकैदिन ९ हजार ३०० रुपैयाँले बढ्यो
काठमाण्डौ । सुनचाँदीको भाउ आज एकैदिन ९ हजार रुपैयाँभन्दा धेरैले बढेको छ । आज सुन ९ हजार ३०० रुपैयाँले बढेर तोलाको ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ २ हजार ७०० रुपैयाँले घटेको थियो ।
