SHARE
Kalo Pati · बिहीबार ४ भौ २०८३ ०४:०४ AM · 1 मिनेट पढाइ

‘ललितपुर महानगरको कामबाट प्रभावित छु’ : गृहमन्त्री गुरुङ 

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले ललितपुर महानगरपालिकाले गरेको काम प्रशंसनीय र उदाहरणीय रहेको बताएका छन् । बुधबार ललितपुर महानगरले बालकुमारीदेखि बल्खुसम्म जडान गरेको ‘स्मार्ट स्ट्रिट लाइट’को शुभारम्भ कार्यक्रममा बोल्दै उनले ललितपुर महानगरले नयाँ सोचका साथ सञ्चालन गरेका कामबाट गृह मन्त्रालयले समेत सिक्न सक्ने बताउँदै यस्ता नवप्रवर्तनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।