प्रधानमन्त्रीलाई नारायणकाजीको सुझाव : संवेदनशील कुरा हलुका रूपमा सार्वजनिक गर्नु उचित थिएन
काठमाण्डु – नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई संवेदनशील परिस्थितिमा संयमता अपनाउन र चुनावलाई तोकिएको मितिमै सम्पन्न गर्न आग्रह गरेका छन् । श्रेष्ठले मंगलबार सामाजिक सञ्जालमा लेख्दै अन्तरिम सरकारको केन्द्रीय कार्यभार फागुन २१ गते तोकिएको आमनिर्वाचन सम्पन्न गर्नु रहेको उल्लेख गर्दै त्यसलाई सफल पार्न सबैले सहयोग गर्नुपर्ने बताए ।
